२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति मुगावेको निधन



अ+ अ-

काठमाडौं । जिम्बावेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन भएको छ । उनले जिम्बावेमा झन्डै चार दशक शासन गरेका थिए । सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

९५ वर्षीय मुगाव लामो समयदेखि सिंगापुरमा उपचार गराइरहेका थिए। उपचारको क्रममा उनको निधन भएको परिवारले पुष्टि गरेको छ । सन् २०१७मा भएको सैन्य कूपछि मुगावे सत्ताबाट बाहिरिएका थिए । मुगावे सन् १९८७ देखि २०१७ सम्म जिम्बावेका राष्ट्रपति बनेका थिए।

त्यसअघि सन् १९८० देखि १९८७सम्म उनी प्रधानमन्त्री थिए । पत्नी ग्रेस मुगावेलाई उनले उत्तराधिकारी बनाउन खोजेपछि उनको व्यापक आलोचना भएको थियो।