६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने अध्यक्ष थापाको दाबी



अ+ अ-

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरेका छन् । उनले छिट्टै प्रदेश ३ को प्रदेश सभाले स्थायी राजधानी हेटौडा तोक्ने विश्वास पनि व्यक्त गरेका हुन ।

‘प्रदेश ३ को स्थायी राजधानीका लागि हेटौंडासँग सबै पूर्वाधार भएकाले संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रूपमा मैले हेटौंडा रोजेको थिए,’ थापाले भने, ‘अब स्थायी राजधानी पनि यसैलाई बनाउनु पर्छ ।’

चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई राजधानी बनाउनु जिकिर गरेका थिए ।

अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न पनि सरकारसँग पुनः माग गरेका छन् ।