२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अहिले राणा शासन होइन जनताको शासन छ: पर्यटन मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेश भट्टराईले नेपालमै पर्यटनको जनशक्ति उत्पादन गर्न पर्यटन विश्व विद्यालय स्थापनाको घोषणा गर्ने तयारीमा रहेको बताएका छन्। उनले यसका लागि ऐनको खाका बनिसकेको र अब मन्त्रीपरिषदबाट स्वीकृत गराउन मात्र बाँकी रहेको बताए।

शुक्रबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिस एसोसिएसन एफ नेपाल (टान)को ४१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने-‘ हामी सबै पर्यटन व्यवसायीसँग मासिक परामर्श गर्छौं। यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायीलाई राखेर गोलमेच सम्मेलन गर्छौं।’

मन्त्री भट्टराईले विदेशीको लागि नेपाल सुरक्षित रहेको दावी गरे‍।उनले भने-‘नेपालमा अहिले जनताको शासन छ, कुनै पर्यटन व्यवसायी हेपिनु पर्दैन। राणा शासन छैन जनताको शासन छ।’