१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर विमानस्थल १५ दिनसम्म बन्द हुने



अ+ अ-

झापा। झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नति गर्न सुरु भएपछि शुक्रबारदेखि असोज ४ गतेसम्मका लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालका अनुसार आगामी १५ दिनसम्म विमानस्थल बन्द हुने भएपछि एयरलाइन्स कम्पनीले नियमित उडानको समय तालिका समेत परिवर्तन गरिसकेका छन् ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मतसम्भार गर्न लागिएको हो । गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयँमा ठेक्कामा लिएको उनको भनाइ छ ।