२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस पटकको दसैँमा झण्डै ३ हजार खसी बोका ल्याउने तयारी



अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको लागि चाहिने खसीबोका ल्याउने प्रक्रिया शुरु गरेको छ । कम्पनीले यस पटकको दसैँमा झण्डै ३ हजार खसी बोका ल्याउने तयारी गरेको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका र गत वर्षको कर चुक्ता गरेको कम्पनी तथा फर्मले मात्र गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्न व्यापार कम्पनीले भनेको छ । म्याग्दीको बेनीबाट २ हजार च्याङ्ग्रा, हेटौडा र विरगंजबाट ५ सय वटा खसी बोका, दाङ घोराहीबाट ५ सय वटा खसीबोका काठमाडौसम्म ल्याउनुपर्ने भएकाले सोही अनुसार गर्न सक्ने कम्पनी वा फर्मले आव्हानपत्र पेश गर्नुपर्ने व्यापार कमपनीले जनाएको छ ।

२०७६ सालको बडादसैँका लागि जिउँदो खसी बोका तथा च्याङ्ग्रा काठमाडौँसम्म ढुवानी गर्न इच्छुकलाई बोलपत्र आव्हान पेश गर्न सूचना जारी गरीसकिएको छ ।