१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको जङ्गलमा फेला पर्‍यो दुइटा टाउको भएको दुर्लभ सर्प



अ+ अ-

काठमाडौं । अमेरिकाको न्यूजर्सी राज्यको जङ्गलमा दुइटा टाउको भएको एउटा दुर्लभ सर्प फेला परेको छ।एउटा पर्यावरणीय समूहले उक्त दुईटाउके सर्पलाई गत महिना फेला पारेको थियो।

सङ्कटापन्न र जोखिमा परेका सरिसृपहरूबारे अध्ययन गर्ने हर्पेटोलोजिकल असो‌शिअट्स नामक संस्थासँग आबद्ध पर्यावरणविद् डेभ श्नाइडरका अनुसार र उनका एक सहकर्मीले अगस्ट २५ मा पाइन ब्यारन्सको जङ्गलमा डबल डेभलाई फेला पारेका थिए।

टिम्बर र्‍याटलस्नेक जातको सो बच्चा सर्पलाई डलब डेभ नाम दिइएको छ। श्नाइडर र उनका सहकर्मी दुवै जनाको नाम डेभिड भएकाले उनीहरूले सो सर्पलाई डबल डेभ नामकरण गरे। सो जातको सर्प विषालु हुन्छ। यो सर्पको दुईवटा पूर्ण विकसित शिर छन्। तिनमा दुईदुईवटा गरेर चारवटा आँखा र एकएकवटा जिब्रो छन्। ती अङ्ग क्रियाशील छन्।तर शरीर भने टाउकोमुनि एउटै छ।