२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नागरिकद्वारा आत्महत्या



अ+ अ-

बनियानी । झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरमनले फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाइलेटमा पसी ढोका बन्द गरेर आफ्नो शरीरमा आगो लगाएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको हो ।

आफ्नै शरीरमा आगो लगाउनु पर्ने कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।