२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा श्रीलंकालाई १६० रनको सामान्य चुनौती



अ+ अ-
फाइल फोटो

काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आयोजक राष्ट्र श्रीलंकालाई १६० रनको सामान्य चुनौती दिएको छ ।

आर प्रेमादशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएपछि श्रीलंकाले सामान्य चुनौती पाएको हो ।

नेपालका लागि रित गौतमले ५४ रन बनाएर आउट भए । त्यस्तै, कप्तान रोहितले ४७ रन बनाए । यी दुई खेलाडीले ९१ रनको साझेदारी गरे । तर रोहित आउट भएसँगै नेपाली पारी धरापमा पर्‍यो ।

रोहितपछि हरिबहादुर चौहान १२ रनमा रनआउट भए भने भीम शार्की पनि एक रनमा एल्बीडब्लु आउट भए । तर राशिद खान भने १५ रनमा अविजित रहे ।

श्रीलंकाका लागि दिलसान मदुशनका र नभोद दिनुश्रीले समान ३–३ विकेट लिए ।