१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

केन्द्रीय प्रसारण लाइन नपुगेर साना आयोजनालाई सास्ती

केन्द्रीय प्रसारण लाइन नपुगेर साना आयोजनालाई सास्ती
अ अ+ अ-

–तारानाथ आचार्य
बलेवा– बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजना दुई साता बन्द भयो । स्थानीय उपभोक्ताकै लगानीमा निर्माण भएको आयोजनाको बाँध पुनःनिर्माणका लागि पनि स्थानीय बासिन्दाले खर्च जुटाए र बन्द भएको तेस्रो साता खुलाए ।

निसीखोलाको यो आयोजनाले भोगेको समस्या नयाँ भने होइन । यहाँका १६ वटा आयोजनाले वर्षेनी यस्तो समस्याको सामना गर्दै आएका छन् । वर्षात्को समयमा बाढीले बाँध बगाउने, खम्बाहरु ढाल्ने र तार चुँडाल्ने समस्याले सताउने गरेको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष जुनविक्रम शाहीले बताए । वर्षेनी आयोजनाहरुमा समस्या आउँदा उपभोक्ताहरु भने आत्तिने गरेका छन् ।

एकातर्फ लामो समय बत्ती बाल्न नपाउने र अर्कोतर्फ मर्मत खर्च समेत उपभोक्ताले नै ब्यहोर्नुपर्ने भएकाले उनीहरुमा निराशा छाएको हो । ‘ठूला आयोजनामा जस्तो बाँध बाँधेर बनेका हाम्रा आयोजना हैनन्,’ शाहीले भने – ‘सानोतिनो बाढी आयो भने सबैतिर असर गर्छ ।’

निसीखोलामा जस्तै तमानखोलामा पनि ११ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । ती आयोजनाले पनि वर्षेनी समस्याको सामना गर्नैपर्छ । तमानखोलाको बोंगादोभानमा रहेको १०० किलोवाट क्षमताको तल्लो तमानखोला लघुजलविद्युत् आयोजना स्थानीय सरकारको निर्वाचनपछि सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको दुई वर्षमा यो आयोजनाले पनि कैयौं समस्या झेल्न परिरहेको छ । ‘बेला बेलामा मर्मत गर्नुपर्ने गरी समस्या आउँछन्,’ गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने – ‘मर्मत गरेर चलाए पूर्ण क्षमतामा चल्ने आयोजना हो ।’ केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेकाले दुबै गाउँपालिकाको विद्युत्को मुख्य स्रोत भनेकै लघुजलविद्युत् आयोजना हुन् ।

बागलुङका दश पालिकामध्ये केन्द्रीय प्रसारण लाइन विस्तारका लागि प्रारम्भिक कामसमेत नभएका गाउँपालिका हुन् निसी र तमानखोला । दुबै ठाउँमा स्थानीय उत्पादनकै भरमा बत्ती मात्रै बालिँदै आइएको छ । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा विस्तारको काम शुरु भए पनि बत्ती बलिसकेको छैन । ताराखोला गाउँपालिकामा आंशिक घरहरुमा मात्रै केन्द्रीय प्रसारणको बत्ती छ ।

नेपाल विद्युत् प्राधिकरणले वितरण गर्ने केन्द्रीय प्रसारण लाइन जिल्लाका दुई गाउँपालिका र तीन नगरपालिकामा मात्रै पुगेको छ । बागलुङ, जैमिनी नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा पूर्ण विद्युतीकरण भएको छ । बाँकी दुई गाउँपालिका र एक नगरपालिकामा आगामी तीन महिनाभित्र उपभोक्ताले प्रयोग गर्न पाउने गरी विस्तारको काम चलिरहेको प्राधिकरण बागलुङ वितरण केन्द्रका सूचना अधिकारी प्रमोद पंगेनीले जानकारी दिए ।

‘जिल्लाभर २७ हजार ९०० घरमा केन्द्रीय प्रसारण लाइन पुगेको छ,’ पंगेनीले भने– ‘आगामी तीन महीनामा ताराखोला गाउँपालिकाका सबै घरमा बत्ती बल्छ ।’ बागलुङमा ६१ हजार ४८२ परिवार छन् । अधिकाँश घरमा विद्युत्को पहुँच रहेको भए पनि केन्द्रीय प्रसारण लाइन भने आधाभन्दा कम घरपरिवारले मात्रै उपभोग गर्दै आएका छन् । केन्द्रीय प्रसारण लाइन नपुगेको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा ११ केभिए प्रसारण लाइनको काम सकिएसँगै पालिका मुकामहरुमा विद्युत् वितरणका लागि आवश्यक प्रकृया थालिएको छ ।

गल्कोट नगरपालिका–५ हरिचौरमा रहेको सब–स्टेशनबाट बुर्तिबाङसम्मको प्रसारण लाइनको काम सकेर वितरण लाइनको काम थालिएको वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेले बताए । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ९० लाख रुपैयाँको बजेटले यो काम गरिएको हो ।

लघुजलविद्युत् आयोजनाको विद्युत् प्रयोग गर्दा वर्षेनी समस्या पैदा हुने र पर्याप्त विद्युत् उपभोग गर्न नपाउने गुनासो उपभोक्ताको छ । ‘कुखुरा फार्म चलाउन, सानो फ्रिज राख्न समेत बत्तीले पुग्दैन,’ निसीखोला–३ का वडा अध्यक्ष शाहीले भने – ‘सानातिना उद्योग चलाउँछौं भन्नेलाई पनि विद्युत्कै कारण प्रोत्साहन गर्न सकिएको छैन ।’ केन्द्रीय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणलाई अनुरोध गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा बताउँछन् ।

‘हामीले प्राधिकरणलाई अनुरोध गरेका छौं, जनताको दैलोमा सेवा पु¥याउने उसको दायित्व हो,’ बुढाले भने ‘आवश्यक सहजीकरण गर्छौं भनेका छौं ।’ प्राधिकरणको वितरण केन्द्रका प्रमुखले भने नेपाल सरकार वा प्रदेश सरकारले योजना बनाएर अख्तियारी दिए प्राधिकरणले काम गर्ने बताउँछन् ।

अहिले बागलुङमा मासिक १० लाख युनिट विद्युत् खपत हुँदै आएको छ । हरेक दिन साँझ ६ मेगावाट र दिउँसो ३ देखि ४ मेगावाट विद्युत् खपत हुने गरेको वितरण केन्द्रको तथ्याङ्क छ । सूचना अधिकारी पंगेनीका अनुसार, मासिक एक करोड रुपैयाँ महशुल कार्यालयले उठाउने गरेको छ । लघुजलविद्युत् आयोजना बाहेक बागलुङमा उत्पादित दुई ठूला आयोजना मात्रै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । सयपत्री विद्युत् आयोजना २.५ मेगावाट ताराखोला र ठेउलेखोला विद्युत् आयोजना १.५ मेगावाट मात्रै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् ।