१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ । मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपचारात्मक महाशाखाका प्रमुख चिकित्सक तारा पोखरेलले मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था कोसिस र स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवाभित्र के के सेवा राख्ने भन्ने नयाँ नीति कार्यान्वयनको चरणमा रहेको र यसमा मानसिक स्वास्थ्यसमेत रहेको बताए ।

विश्वस्वास्थ्य सङ्गठनले मस्तिष्कका एकभन्दा बढी क्रियाकलाप भावना, आभाष, स्मृति, विचार, बोली र चेतनामा गडबडी उत्पन्न भएर स्थितिलाई मानसिक रोगका रुपमा परिभाषित गरेको छ । सङ्गठनले नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएको समेत जनाएको छ । अर्कोतर्फ मन्त्रालयले मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न मानसिक स्वास्थ्य नीतिसमेत जारी गरेको छ ।

मन्त्रालयले मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न सातवटै प्रदेशका ४३ जिल्लामा मानसिक स्वास्थ्यका कार्यक्रमसमेत सञ्चालन गरेको महाशाखा प्रमुख पोखरेलले जानकारी दिँदै विद्यालयका छात्र÷छात्रामा जनचेतनाका कार्यक्रमसमेत रहेको बताए । मन्त्रालयका सहसचिव चिकित्सक दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवातर्फको कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै समायोजन पूरा भएपछि नयाँ कर्मचारी दरबन्दीको सर्वेक्षण कार्य शुरु हुनेछ भने ।

उनका अनुसार मन्त्रालयले स्वास्थ्य सेवामा सङ्घीयता कार्यान्वयनपछि सरकारी स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अध्ययन कार्य शुरु गरेको छ । हालसम्म ११३ अस्पतालमध्ये ८३ वटाको अध्ययन कार्य पूरा भएको छ । अध्ययनमा अस्पतालका सुशासन, उपचार सेवा, औषधि, उपकरण र जनशक्ति लगायतका क्षेत्र समावेश गरिएको जनाइएको छ ।

अर्कोतर्फ मन्त्रालयले मानसिक स्वास्थ्यका विशेषज्ञ उत्पादन गर्न स्नाकोत्तर तहको अध्ययन सिट सङ्ख्या सात पुर्याएको छ । कार्यक्रममा कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्यको विषयलाई विद्यालयका पाठ्यक्रममा समावेश गर्न, भएका सेवालाई गुणस्तरीय बनाउन र यसका बारेमा जनचेतनाका कार्यक्रम ल्याउन आग्रह गरे ।

सो संस्थाले मानसिक रोगका बारेमा जनचेतना, उद्धार तथा उपचार सेवामा समेत सहयोग गर्दै आएको छ ।