२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी पार गर्दा र कुवामा डुबेर दुईको मृत्यु



अ+ अ-

लमही । दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ । वडा नंं ४ बैवाङ स्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका–१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा आज बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सोही गाउँपालिका–६ मैरवा बस्ने ४० वर्षीय कुलबहादुर खड्काको पनि आज बिहान सार्वजनिक कुवामा डुबेर मुत्यु भएको हो । उनको मानसिक सन्तुलन ठीक नभएको खुल्न आएको प्रहरीले बताएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिएका छन्।