१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

नेकपा चितवनले लगायो ९८ वडाको टुङ्गो

नेकपा चितवनले लगायो ९८ वडाको टुङ्गो
अ अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वडा पूर्वएमाले र १४ वडा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । राप्ती नगरपालिकाका १३ वडामध्ये सात वडा पूर्वएमाले र छ वडा पूर्वमाओवादीको भागमा परेको छ ।

यस्तै खैरहनी नगरपालिकाको १३ मध्ये सात पूर्वएमाले र छ पूर्वमाओवादीको भागमा परेको छ । रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्वएमाले र पूर्वमाओवादीको भागमा आठ÷आठ वडा परेका छन् । कालिका नगरपालिकाका–११ वडामध्ये छ पूर्वएमाले र पाँच पूर्वमाओवादीको भागमा परेको उहाँले जानकारी दिए । इच्छाकामनाका सात वडामध्ये चार पूर्वएमाले र तीन पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै माडी नगरपालिकाका नौ वडामध्ये पाँच पूर्वएमालेको भागमा र चार पूर्वमाओवादीको भागमा परेको छ । १२५ सदस्यीय महानगर कमिटीमा पूर्वएमालेको भागमा ६५ र पूर्वमाओवादीको भागमा ६० जना परेको परियारले जानकारी दिए । इच्छाकामना गाउँ कमिटीमा ४० पूर्वएमाले र ३५ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकामा ४० पूर्वएमाले र ४१ पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ ।

रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्वएमालेका तर्फबाट ४३ र पूर्वमाओवादी केन्द्रको तर्फबाट ३८ जना परेका छन् । बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुङ्गो लगाएको छ । क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा क्षेत्र समन्वय समितिको संयोजक पूर्वएमालेको भागमा र क्षेत्र नम्बर ३ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै प्रदेशसभा क्षेत्र समन्वय समितिअन्तर्गत चितवन १ (क) मा पूर्वमाओवादी केन्द्र, १ (ख) मा पूर्वएमालेको संयोजक हुने भएका छन् । यस्तै २ (क) मा पूर्वमाओवादी,२ (ख) मा पूर्व एमाले र ३ (क) मा पूर्व एमाले र ३ (ख) मा पूर्व माओवादीको भागमा परेको परियारले जानकारी दिए । भागबण्डासँगै ती पदहरुमा पूर्वएमाले र माओवादीका तर्फवाट जो अध्यक्ष रहेका थिए उनीहरुनै अध्यक्ष भएका छन् ।

सात पालिकाका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय सचिवालय, विभिन्न विभाग र जनवर्गीय सङ्गठनको टुङ्गो लगाउन बाँकी रहेको छ । बिहीबार बसेको पार्टीको बैठकमा अध्यक्ष परियारले प्रस्ताव पेश गरेका थिए । बैठकमा सहभागी केहीले आफ्नो राय दिएको भए पनि सर्वसम्मतबाट अनुमोदन गरिएको परियारले जानकारी दिए ।