१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले पठाएको चन्द्रयान–२ आज राति अवतरण हुँदै



अ+ अ-

काठमाडौं । भारतले पठाएको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा आज (शुक्रबार) राति अवतरणको तयारीमा छ ।

शुक्रबार राति अर्थात् शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेसम्मको अवधिमा चन्द्रयान अवतरण हुने बताइएको छ ।त्यहाँ पठाइएका रकेटको गति अवतरणका बेला कम हुँदै केही बेर हावामै तैरिनेछन् । भारतले ३८७७ केजी तौलको चन्द्रयान–२ गत जुलाइ २२ मा लन्च गरेको थियो ।

उक्त यानले पृथ्वीलाई २३ दिनसम्म चक्कर लगाएर चन्द्रमाको कक्षमा पुग्न ६ दिन लगाएको थियो । अहिलेसम्म चन्द्रमामा संसारभरबाट ६ देश (अमेरिका, चीन र रुसल लगायत)ले आफ्ना यान पठाइसकेका छन् ।