२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम अफगानिस्तानमा तालिबानको आक्रमण



अ+ अ-

हेरात । पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा बृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।

फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा दर्जनौं तालिबान लडाकूले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् । फराहका प्रान्तीय गभर्नरका प्रवक्ता फारुक बराकजईले एएफपीलाई उक्त जानकारी दिएका छन् । तालिबानका प्रवक्ता कारी युसुफ अहमदीले सो प्रान्तमा ‘ठूलो अपरेसन’ भएको बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले भने तालिबानको ठूलो प्रहार भोगिसकेको र छिट्टै हटाइने बताएका छन् । गत वर्षको मेमा तालिबानले फारह शहर कब्जा गर्न ठूलो प्रयास गरेको भए तापनि अन्तमा अफगान र अमेरिकी सेनाको संयुक्त प्रयासमा तालिबान लडाकूको हार भएको थियो ।

तालिबानले हालैका दिनहरूमा वासिंगटनसँग वार्ता गरे पनि अमेरिकी सेनाले विभिन्न सुरक्षा सुनिश्चितताहरूको बदलामा अफगानिस्तानबाट सेना फर्काउने सम्झौता गरेको छ ।