१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

धरानमा बम विस्फोट, चन्द समूहले गरेको आशंका

धरानमा बम विस्फोट, चन्द समूहले गरेको आशंका
अ अ+ अ-

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातभित्र रहेको दिल्ली पब्लिक स्कुल र इटहरी उपमहानगरस्थित सुष्मा गोदावरी कलेजलाई लक्षित गरेर अज्ञात समूहले बम विस्फोट गराएका छन् ।

बिहीबार राति करिब १२ बजे भएको विस्फोटले दिल्ली पब्लिक स्कुलको मुख्य प्रवेशद्वारमा क्षति पुगेको छ । विस्फोटले उक्त प्रवेशद्वार नजिकै बीपी प्रतिष्ठानको चिकित्सकहरु बस्ने आवासीय भवनहरुका सिसाका झ्यालहरु समेत फुटेका छन् ।

प्रहरीले इटहरी र धरानमा गरेको विस्फोट चन्दा नदिँदा तर्साउने नियतले नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने अनुमान गरेको छ । सुनसरी जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले बम विस्फोट गर्ने समूहको खोजी भइरहेको बताए ।