१४ भाद्र २०८३, आईतवार
,
Latest
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३



अ+ अ-

रसुवा। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित जम्मा ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सम्पर्कविहीन हुनेमा २५ जना प्रहरी समेत रहेकोमा ३ जना मृत फेला परि सनाखत समेत भइसकेको छ ।

उहाँले सम्पर्कविहीन हुने कर्मचारीहरुमा भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठ वटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठ हाइड्रोपावरका ९ सय ३३ जना रहेका छन् ।

प्रवक्ता काफ्लेले रसुवाबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, मकवानपुरबाट ६५ र सिन्धुपाल्चोकबाट २ सय २५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकामा ४ सय ८१ जना तथा कोशी प्रदेशमा १ सय ३८ जना सम्पर्कविहीन रहेको आएको समेत बताउनु भयो । उहाँले गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताउनु भयो ।

उहाँकाअनुसार बाढीमा परि सम्पर्कविहीन हुनेमा ७ सय ४५ जना आन्तरिक तथा बाह्य पर्यटकसमेत रहेका छन् । उहाँले हालसम्म बाढी प्रभावित जिल्लाहरुमा ७ सय ३५ जनाको शव फेला परेको समेत बताउनु भयो । उहाँले विपद्पछि खोज, उद्धार र राहतमा ७ हजार ८ सय ८९ जना परिचालन गरिएको बताउनु भयो ।

उहाँले आईतवार विहानै बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा करिब सात मिटर सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताउनु भयो ।

उहाँले अहिले टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा पुरिएका घर तथा शवको खोजी बताउनु भयो । हाइड्रोपावरका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्लेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई प्राप्त जानकारीअनुसार हालसम्म ७ सय ३५ शवहरू फेला परेको अवस्था छ । अब सम्पर्कविहीन करिव ४ हजार ४ सय ७२ जना रहेको छ । जसमा नेपाल प्रहरीको २५ जना हुनुहुन्छ । ३ जना मृथ फेला परेर सनाखत भइसकेको छ ।

भन्सार कार्यालयको १५ जना, अध्यागमनको ४ जना, ८ बैंक शाखाको २६ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना, ८ हाइड्रोपावरका ९ सय ३३ जना कर्मचारी सम्पर्कविहीन भएको भनिएको छ ।

रसुवाबाट ५ सय ६२ जना मिसिङ भनेर प्राप्त भएको छ । नुवाकोटबाट १ सय १५ जनाको अहिलेसम्म डाटा आएको छ भने मकवानपुरको ६५ जना सम्पर्कविहीन भनेर विवरण प्राप्त भएको छ । उपत्यकामा अहिलेसम्म टिपाइएको ४ सय ८१ जना सम्पर्कविहीन भनेर टिपाइएको अवस्था छ । र सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट हामीलाई २सय २५ जना सम्पर्कविहीन भएको भनेर विवरण आएको छ ।

कोशी प्रदेशको १ सय ३८ जना सम्पर्कविहीन छन् । गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि पनि बेपत्ता भन्ने कुरा आएको छ । ७ सय ४५ जना आन्तरिक तथा वाह्य पर्यटक समेत सम्पर्कविहीन हुनुभएको । उद्धार तथा खोजमा नेपाल प्रहरीका ७ हजार ८ सय ८९ जना परिचालन हुनुभएको छ ।

गएराति तथा आईतवार विहान समेत बाढी आएको कारण उद्धारमा केही समस्या पनि भएको थियो । हाल पृथ्वी राजमार्गको धादिङको रोराङ गाउँपालिका—७ कृष्णभीरमा ७ मिटर बाटो समेत भासिएको कारण पूर्ण रुपमा अवरुद्ध छ । आईतवारको बाढीले गल्छीमा थप चार वटा घर बगाएको अवस्था छ ।

त्यसैगरी ८ वटा घर जोखिममा रहेका छन् । खोज र उद्धारको कार्य आज पनि जारी छ । खासगरी टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीमा पुरिएका घर र शवहरुको अवस्था बुझ्ने काम भइरहेको छ । हाइड्रोको टनेलहरूमा भइरहेको उद्धारको प्रयास आज पनि जारी छ ।’

उहाँले खनाखत हुन नसकेका केही शवहरुको व्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो । उहाँले शवहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी व्यवस्थापन गरिएको स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल