• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

कांग्रेसमा धमाधम सहमति जुट्दै, ७२ जिल्लामा बन्यो संघीय र प्रदेश समिति



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १ सय ६५ संघीय निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशस्तरीय निर्वाचन क्षेत्रमध्ये सहमतिबाटै ७२ जिल्लामा पर्ने समितिहरूमा नेतृत्व दिएको छ । कांग्रेसले २० भदौभित्रै सबै संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समिति समायोजन गरिसक्ने गरी केन्द्रीय समितिबाट निर्देशिका बनाएको थियो ।

सोहीअनुसार कांग्रेसले निर्देशिकालाई नै टेकेर शनिबार साँझसम्म ७२ जिल्लाका संघीय निर्वाचन क्षेत्रीय समिति तथा प्रदेशस्तरीय निर्वाचन क्षेत्रीय समितिहरूलाई पूर्णता दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘हालसम्म ७२ जिल्लामा संघीय तथा प्रदेशस्तरीय निर्वाचन समिति गठन भएको जानकारी आएको छ, बाँकी जिल्लामा समेत आजभोलिमा नै सकिन्छ । सबै जिल्लामा सहमतिबाटै संरचना बनेका छन्,’ कांग्रेस मुख्य सचिव पौडेलले राजधानीसँग भने ।
‘पार्टीले बनाएको निर्देशिकाको कमा तथा फुलिस्टप पनि परिवर्तन नगरी धमाधम सहमति भइरहेको छ । प्रायःजसो १३औं महाधिवेशनका सांगठनिक संरचना मार्फत नै नेतृत्व दिइएको छ,’ मुख्य सचिव पौडेलले थपे ।

कांग्रेसले २४ भदौबाट पार्टीको दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भन्दै अभियानलाई समेत प्रभावकारी बनाउन सबै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रीय समितिहरू बनाइसक्ने लक्ष्य लिएको थियो । यस्तै, प्रदेश संरचनाबाहेकमा भने कांग्रेसले कात्तिकभित्र संरचना गठन गरिसक्ने लक्ष्य लिएको छ । तर, प्रदेश संरचनाका विषयमा भने शीर्ष तहमा कसरी संरचना बनाउने भन्ने सहमति हुन सकेको छैन ।

कांग्रेसले अन्तरिम संरचना गठनका लागि नेता राधेश्याम अधिकारीको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिएको छ । सो समितिले प्रजातान्त्रिक लयर्स एसोसियसन ९डीएलए०का जिल्लास्थित प्रतिनिधिहरूलाई संरचना गठनका लागि खटाएको छ । सो समितिले १५ भदौबाट देशभर संरचना गठनको काम थालेको थियो ।
तर, सहमति हुन नसकेको स्थानमा वा एकभन्दा बढी आकांक्षी देखिएमा भने भूभाग, प्रतिनिधि र क्रियाशील सदस्यको संख्या हेरेर नेतृत्व चयन गर्ने अधिकार निर्देशिकामा दिइएको थियो । सो प्रक्रियाबाट जाँदा समेत बराबर भएमा गोला प्रथाद्वारा नेतृत्व चयन गरिने निर्देशिकाले बाटो देखाएको छ । कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत पार्टीको विधानलाई संघीय संरचनामा रूपान्तरण गरेको थियो । विधानतः केन्द्रदेखि बुथ तहसम्म गरी कांग्रेसको आठ तहको पार्टीको संरचना हुने व्यवस्था छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।