१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान



अ+ अ-

काठमाडौँ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान सञ्चालन गरिने भएको छ ।

प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वेच्छिक रूपमा सहयोग रकम सङ्कलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ ।

“एनटी टप एन्ड टी-२० सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश शुल्क लाग्ने छैन । मैदान प्रवेश गर्दा दर्शकहरूलाई स्वेच्छिक रूपमा सहयोग रकम दिन आग्रह गरिएको छ । आज राति हुने नेपाल र भिक्टोरियाबीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाडीहरूले हस्ताक्षर गरेका क्रिकेट ब्याटको र्‍याफल (गोलाप्रथा) समेत गरिनेछ”, नर्दन टेरिटोरी क्रिकेट (एनटी स्ट्राइक) ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ ।

सङ्कलित सम्पूर्ण रकम नेपालका बालबालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियानमा प्रदान गरिने एनटी स्ट्राइकले जनाएको छ ।

जारी प्रतियोगितामा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए-११ विरुद्ध खेल्ने तालिका छ ।  सेमिफाइनल पुग्न वञ्चित भइसकेको नेपाल आज सान्त्वना जितको खोजीमा छ । नेपाल अहिले चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।  रासस