१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग



अ+ अ-

पर्सा। सखुवाप्रसौनी गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।

पर्सास्थित सो गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “देशमा अहिले प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको छ, विपद्को समयमा एकले अर्कालाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको हो, त्यसैले हामीले अहिलेलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेका छौँ ।”

बाढी प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उहाँले बताउनुभयो । उहाँले विपद्को समयमा आफूले सक्ने सहयोग गर्न पनि सबैलाई अनुरोध गर्नुभयो । रासस