• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

मन्त्रीपरिषदको बैठक बालुवाटारमा बस्दै, केही महत्वपूर्ण निर्णय हुने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचार गराएर फर्किएपछि पहिलो पटक आइतबार( आज) मन्त्रीपरिषदको बैठक बस्दैछ । बैठक मध्याहन्न साढे १२ बजेका प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्री ओली उपचार गराएर फर्किएपछि बस्न लागेको पहिलो बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री ओली गएको शुक्रबार स्वदेश फर्किएका हुन् ।