१० भाद्र २०८३, बुधबार
,
Latest
सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको स्थानीय प्रशासनले जनाएको छ।

रसुवाका सम्बन्धित अधिकारीका अनुसार बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन। क्षतिको विवरण संकलन तथा घटनाबारे थप जानकारी लिने काम भइरहेको बताइएको छ।

भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

अचानक नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा नदी किनारमा नजान आग्रह गरिएको छ।