१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः मन्त्री भट्टराई

अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः मन्त्री भट्टराई
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताउनुभएको छ ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक यातायात क्षेत्रलाई नीतिगत व्यवस्था, लगानीको सुधार राज्यको दायित्व हो भन्दै त्यसका लागि आफ्नो तर्फबाट प्रभावकारी पहल गरिने बताउनुभएको हो ।

उहाँले पर्यटन सम्भावनायुक्त व्यापक क्षेत्र भएको र आजको पर्यटनको दायरा फराकिलो बनिरहेको परिप्रेक्षमा पाहुनालाई सुरक्षित गन्तव्यमा पुर्याउन पर्यटक यातायात व्यवसायीले निर्वाह गरेको भूमिकाको प्रसंशा पनि गर्नुभयो । पर्यटक यातायात व्यवसायीले उठाएका समय सान्दर्भिक समस्यालाई अन्तर मन्त्रालयबीच समन्वय तथा मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि समाधानका निम्ति पहल गरिने मन्त्री भट्टराईको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका पर्यटनमन्त्री भट्टराईले प्रतिपक्षी दलले सरकारको आलोचना मात्र हैन आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
मन्त्री भट्टराईले सरकार गठन भएको १८ महीनाको अवधिमार समृद्धिको आधार खडा भएको दाबी गर्दै पूर्ण परिणामका लागि पाँच वर्ष कुर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौँ, पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौँ । अहिले सरकारको १८ महीनाको अवधिमै राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति हासिल गरेका छन् सात अङ्कको आर्थिक वृद्धि भएको छ, अन्य क्षेत्रमा सकारात्मक परिवर्तनका सूचक देखिएका छन् बरु वादविवादभन्दा पनि परिवर्तित व्यवस्थाको संस्थागत र समृद्धिको यात्रालाई सहकार्यका साथ अघि बढाउनु अपरिहार्य छ ।”

कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पर्यटक यातायात व्यवसायीको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवार र मर्यादित भएर लाग्न आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको विकास विस्तारका लागि पूर्वाधार विकास र पद्धतिको विकास गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भ्रमण वर्षलाई सफल बनाउन पर्यटनका विविध क्षेत्रमा सहुलियत तथा छुटको व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो ।

यसैबीच सङ्घको अध्यक्षमा रामहरि शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको प्रथम उपाध्यक्षमा भीमबहादुर गोले, दित्तिय उपाध्यक्षमा रोशन घिमिरे, महासचिवमा कुलप्रसाद घिमिरे, सचिवमा अनिल मोक्तान, कोषाध्यक्षमा शङ्खनारायण महर्जन चयन हुनुभएको छ ।

सङ्घका निवर्तमान अध्यक्ष रामशरण कार्कीले करीब रु ४० अर्ब लगानी भएको तथा झण्डै १० हजारले प्रत्यक्ष रोजगारी पाएको पर्यटक यातायात व्यवसायलाई कानूनीरुपमै व्यवस्थित र सहुलियतको व्यवस्था गर्न माग गर्नुभयो ।