२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिपिएल टी–२०: सन्दीप दोस्रो बलमै बोल्ड



अ+ अ-

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइतबार बार्बाडोस ट्रिडेन्सका लागि खेलेका छन्।

सन्दीपले आइतबार गुयना अमाजोन वारियर्सविरुद्धको खेलमा एक ओभरमा मात्र बलिङ गर्ने मौका पाए। उनले छैटौं ओभरमा बलिङ गर्दा १ चौकासहित ५ रन दिए। उनले चार बल डट फ्याँकेका थिए।

बार्बाडोसका लागि जासन होल्डर, एसले नर्स, रोशोन प्रिमुस र रेमन रेफेरले ४–४ ओभर बलिङ गरेका थिए। खेलमा पहिले ब्याटिङ गरेको गुयनाले ४ विकेटको क्षतिमा १८० रन जोडेको थियो। १८१ रनको लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा १३३ रनमा अलआउट हुँदा ४७ रनले पराजित भयो।

बार्बाडोसका लागि एस्ले नर्सले सबैभन्दा बढी ४० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। सन्दीप दोस्रो बलमै रोमारियो सेफर्डबाट बोल्ड भएका थिए।