१ असार २०८३, सोमबार
,
Latest
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुको संक्रमणबाट ४ जनाको मृत्यु, २६ सय बिरामी



अ+ अ-

काठमाडौं । डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको निधन भएको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको छ । तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना छन् । त्यस्तै, प्रदेश १ का ७५३ मा डेंगुको आशंका गरिएको छ ।

प्रदेश २ मा २३, गण्डकी प्रदेशमा ५७२, प्रदेश ५ मा १०५, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण देखिएको छ ।




भर्खरै