२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भ्रष्टाचार र महिला हिंसाविरूद्ध अभियान चलाउने



अ+ अ-

काठमाडौं । कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

भदौ २४ गतेबाट सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा हुने जागरण अभियानका लागि आइतबार तीन सय ३० जना केन्द्रीय प्रतिनिधिको टुंगो लगाएको हो। केन्द्रीय प्रतिनिधिमा प्रदेश र प्रतिनिधिसभा उम्मेदवार, पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसदलाई जिम्मेवारी दिएको छ।

मुलुकभर एकसाथ सुरुवात हुने जागरण अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ। अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत हुनेछ।

अभियानका क्रममा महंगी, भ्रष्टाचार, महिला हिंसा, अलोकतान्त्रिक विधेयक र सरकारको कार्यशैलीविरुद्ध खवरदारी गर्ने कांग्रेसले जनाएको छ। जागरण अभियानलाई अन्तक्रियात्मक बनाउन कांग्रेसले एउटा मात्र सभाको आयोजना गर्नेछ।