२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षा र आँधी, २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य



अ+ अ-

काठमाडौं । भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको छ । फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेका छन् । ती शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन अपील गरिएको छ ।

बिजुली आपूर्ति बन्द हुँदा २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य छन् । सरकारी कार्यालयहरुको कामकारबाही पनि प्रभावित बनेको छ । आँधीका कारण जापानका सय भन्दा बढी हवाई उडानहरु रद्द भएका छन् भने रेलवे सेवासमेत अवरुद्ध भएपछि बनेपछी सयौं यात्रु अलपत्र परेको बीबीसीले जनाएको छ ।

प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधी अझ केही दिन रहने मौसमविद्हरुले जनाएका छन् ।