२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकालाई तालिवान बिद्रोहीको कडा चेतावनी: शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने



अ+ अ-

काठमाडौं । तालिवान बिद्रोहीले अमेरिकाले शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरे लगत्तै तालिवानको यस्तो चेतावनी आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालीवानी बरिष्ठ नेता र अफगानिस्तानका राष्ट्रपति असरफ घानीबीच हुन लागेको भेटघाटको अघिल्लो दिन अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत अमेरिकाले तालीवानसँगको शान्ति सम्झौता रद्द गरेको घोषणा गरेका थिए ।

अनुभव र परिपक्वक्ता बिनाको निर्णय अमेरिकाले गरेको भन्दै तालीवानी बिद्रोहीले शान्ति सम्झौता लागि अन्तिम बिन्दुमा अमेरिकाले धोका दिएको बताएको छ । अफगानिस्तानलाई अमेरिकाको कठपुतलीको संज्ञा दिएको तालिवान बिद्रोहीले अफगानिस्तानका प्रतिनिधिसँगै वार्ता गर्न अस्वीकार गर्दै आइरहेकोमा शान्ति सम्झौता भंगको अमेरिकाको निर्णयले अफगानिस्तान थप अप्ठेरोमा परेको विश्लेषण गरिएको छ ।

अफगानिस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको बताइएको छ ।