५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरहराको संरक्षण गर्नुपर्छ भन्ने चिन्ता हामीलाई छ: मेयर शाक्य



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धरहरा निर्माणको कामलाई तिव्रता दिन निर्देशन दिएका छन् ।

मेयर शाक्यले धरहरा सबैको साझा सम्पदा भएको भन्दै स्थानीय र महानगरपालिका जसरी पनि धरहरा बन्नुपर्छ भन्ने अडानमा रहेको पनि प्रष्ट पारे । ‘यहाँका सम्पदा संरक्षण गर्नुपर्छ भन्ने चिन्ता हामीलाई छ,’ मेयर शाक्यले भने, ‘हामी निर्माण–पुनर्निर्माण पनि गर्छौ । सम्पदा पनि बचाउँछौं ।


वडा–२२ का वडाध्यक्ष चिनकाजी महर्जनले धरहरा पुर्ननिर्माणले उपाकु मार्गमा कुनै अवरोध नहुने प्रष्ट बताए । निरीक्षणकै क्रममा मेयर शाक्यले धरहरा निर्माणका क्रममा केही समस्या भए पहिला वडा समितिमा र त्यसपछि समाधान नभए आफूलाई खबर गर्न समेत निर्माण कम्पनीलाई सुझाव दिए ।

त्यसैगरी वडाध्यक्ष महर्जनले धरहरा पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै काममा गति दिन सुझाव दिए । ‘यहाँका स्थानीय हामी हौं, हामी धरहरा निर्माणको पक्षमा छौं,’ उनले भने, ‘केही पाहुना आएर समस्या गर्छन भने त्यो मान्य हुँदैन तपाईँहरु काम नरोक्नुहोस्, सहयोग गर्न हामी तयार छौं ।’

धरहरा निर्माणको ठेक्का पाएको रमन जेभीले निर्माणको २३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले अहिलेसम्म करीब ५४ करोड रुपैयाँ खर्च भएको पनि जानकारी दिए । सो कम्पनीले सन् २०२० को अक्टोवर ७ सम्ममा काम सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । सो कम्पनीले ३ अर्ब ८ करोडमा धरहरा निर्माण गर्ने ठेक्का पाएको हो ।