२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरहराको संरक्षण गर्नुपर्छ भन्ने चिन्ता हामीलाई छ: मेयर शाक्य



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धरहरा निर्माणको कामलाई तिव्रता दिन निर्देशन दिएका छन् ।

मेयर शाक्यले धरहरा सबैको साझा सम्पदा भएको भन्दै स्थानीय र महानगरपालिका जसरी पनि धरहरा बन्नुपर्छ भन्ने अडानमा रहेको पनि प्रष्ट पारे । ‘यहाँका सम्पदा संरक्षण गर्नुपर्छ भन्ने चिन्ता हामीलाई छ,’ मेयर शाक्यले भने, ‘हामी निर्माण–पुनर्निर्माण पनि गर्छौ । सम्पदा पनि बचाउँछौं ।


वडा–२२ का वडाध्यक्ष चिनकाजी महर्जनले धरहरा पुर्ननिर्माणले उपाकु मार्गमा कुनै अवरोध नहुने प्रष्ट बताए । निरीक्षणकै क्रममा मेयर शाक्यले धरहरा निर्माणका क्रममा केही समस्या भए पहिला वडा समितिमा र त्यसपछि समाधान नभए आफूलाई खबर गर्न समेत निर्माण कम्पनीलाई सुझाव दिए ।

त्यसैगरी वडाध्यक्ष महर्जनले धरहरा पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै काममा गति दिन सुझाव दिए । ‘यहाँका स्थानीय हामी हौं, हामी धरहरा निर्माणको पक्षमा छौं,’ उनले भने, ‘केही पाहुना आएर समस्या गर्छन भने त्यो मान्य हुँदैन तपाईँहरु काम नरोक्नुहोस्, सहयोग गर्न हामी तयार छौं ।’

धरहरा निर्माणको ठेक्का पाएको रमन जेभीले निर्माणको २३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले अहिलेसम्म करीब ५४ करोड रुपैयाँ खर्च भएको पनि जानकारी दिए । सो कम्पनीले सन् २०२० को अक्टोवर ७ सम्ममा काम सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । सो कम्पनीले ३ अर्ब ८ करोडमा धरहरा निर्माण गर्ने ठेक्का पाएको हो ।