५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजार घुस लिँदालिँदै प्रहरी जवान रंगेहात पक्राउ



अ+ अ-

पर्सा । घुस लिँदालिँदै एक प्रहरी जवान रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले पाँच घुससहित जवान गम्भीरा साह तेलीलाई पक्राउ गरेको हो ।

आज सोमबार दिउँसो वीरगञ्‍जको माईस्थान चोकको एक मिठाई पसलमा सेवाग्राहीलाई भेटेर नगद पाँच हजार लिँदै गरेको अवस्थामा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनलाई हेटौँडा लगेर थप अनुसन्‍धान तथा कारबाही अघि बढाउने अख्तियारले जनाएको छ ।जवान तेली पर्सामा कार्यरत छन् ।