२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेश मन्त्री भ्रमण दलका सदस्यसहित चन्द्रागिरिमा



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी सोमबार बिहान भ्रमण दलका सदस्यसहित चन्द्रागिरि पुगेका छन्।

समकक्षी प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल आएका वाङ सहितको टोली चन्द्रागिरि अवलोकनका लागि त्यसतर्फ गएको हो। आइतबार काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले सोमबार द्वीपक्षीय छलफल गर्नुका साथै विभिन्न आर्थिक साझेदारीका विषयमा सम्झौता हुने परराष्ट्रमन्त्रीको भनाइ छ ।

यस्तै, भ्रमणले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल र रेलमार्ग मार्फत नेपाल–चीन जोड्ने योजनाहरूको सूचीलाई समेत अघि बढाउने सरकारको तयारी छ ।त्यस्तै सोमवार साँझ भने विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।