६ भाद्र २०८३, शनिबार
,
Latest
मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु



अ+ अ-

काठमाडौँ। काठमाडौंको सोसियस ग्यालरीमा ऊनबाट निर्मित सामग्री (फेल्ट) मा आधारित कला प्रदर्शनी ‘सुसम्झना’ शुरु भएको छ ।

फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौं विश्वविद्यालय (केयू) को ‘क्राफ्ट एन्ड डिजाइन’ विभागका विद्यार्थीको सहकार्यमा सञ्चालित साढे दुई महिना लामो ‘फेल्ट फेलोसिप प्रोग्राम’को समापनसँगै यो प्रदर्शनी आयोजना गरिएको हो ।

सोसियस ग्यालरीका प्रतिनिधि सफल श्रेष्ठकाअनुसार वर्तमान समयको उपभोक्तावादी संस्कृतिभन्दा भिन्न शैलीमा ‘रिजेनेरेटिभ’ अर्थात पुनरुत्थानशील अभ्यासलाई अगाडि बढाउने उद्देश्यले यो कार्यक्रमको परिकल्पना गरिएको थियो । फेल्ट कम्पनीसँगको सहकार्यपछि विद्यार्थीले सिकेका सीप र अनुभवलाई कलाका माध्यमबाट यस प्रदर्शनीमा प्रश्तुत गरिएको उहाँले बताउनु भयो ।

प्रदर्शनीका बारेमा जानकारी दिँदै फेल्ट एण्ड स्पेसकी कृतिषा प्रजापतीले यो नेपालकै पहिलो ‘फेल्ट’मा मात्र आधारित कला प्रदर्शनी भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा कलाकारहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले पूर्ण रूपमा ऊनबाट बनेको यो कला प्रदर्शनी शुरु गरिएको हो । ३० दिनसम्म चल्ने यस कार्यक्रममा प्रदर्शनीका साथै नयाँ उत्पादनहरूको पनि सार्वजनिक (प्रोडक्ट लन्च) गरिएको छ । यी उत्पादनहरूले नेपालको पहिचान र कथालाई विश्वमाझ चिनाउने विश्वास लिएका छौँ ।’

प्रदर्शनीको अवलोकन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीले अध्ययनकै क्रममा व्यावसायिक गुणस्तरका कला सामग्री निर्माण गर्नु सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यमशीलता’ कार्यक्रम अन्तर्गत वडा नम्बर ३ र ४ मा फेल्ट सम्बन्धी तालिम भइरहेको जानकारी दिँदै ती प्रशिक्षार्थीहरूलाई यस्ता कलाकारहरूसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनु भया ।

कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘आधारभूत तालिमबाट बनेका सामग्री र कलात्मक चेत भएका कलाकारले बनाएका सामग्रीमा धेरै भिन्नता हुन्छ । सिर्जनात्मक क्षेत्रमा नयाँ कुरा अन्वेषण गर्ने यस्ता स्थानले विद्यार्थीलाई थप ऊर्जा प्रदान गर्छ ।केयू स्कुल अफ आर्टले विद्यार्थीलाई यसरी व्यावसायिक उत्पादनसँग जोड्नु प्रशंसनीय छ ।’

प्रदर्शनीमा राखिएका कलाकृतिहरूले फेल्टको परम्परागत उपयोगलाई आधुनिक कलासँग जोड्दै सिर्जनशीलताको नयाँ आयाम प्रश्तुत गरेका छन् । यो प्रदर्शनी आगामी एक महिनासम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ ।–न्युज एजेन्सी नेपाल




भर्खरै