५ भाद्र २०८३, शुक्रबार
,
Latest
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न हत्या गरेको अभियोगमा एक जना पक्राउ निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र खबराको केरामा ‘फ्युजारियम’ इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने



अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु सातौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा आज जारी विज्ञप्तिमा प्रदेश प्रमुखले आज राति १२ः०० बजेदेखि मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गर्नुभएको उल्लेख छ । प्रदेशसभाको सातौँ अधिवेशन गत जेठ १ गतेदेखि सुरु भएको थियो ।

अधिवेशन अन्त्यसँगै प्रदेशसभामा चालु अधिवेशनअन्तर्गत भइरहेका संसदीय गतिविधि औपचारिक रूपमा टुङ्गिनेछन् ।

सरकारले आवश्यकताअनुसार आगामी अधिवेशन आह्वानका लागि पुनः संवैधानिक प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्थाअनुसार आगामी अधिवेशन आह्वान गरिने विज्ञप्तिमा जनाइएको छ । रासस