काठमाडौं । काठमाडौंको बाँसबारीमा जमिन भासिएपछि साढे दुईतले घर पल्टिएको छ ।
बाँसबारीस्थित हरि श्रेष्ठको साढे दुईतले घरमा दार्चुलाका नरबहादुर बमले सञ्चालन गर्दै आएको न्यु गण्डकी गेस्टहाउस जमिन भासिएपछि पल्टिएको हो । घर पल्टिएर डाँडामा रहेको बाँसको झ्याङमा अडेस लागेर रोकिएको छ ।
जमिन भासिएपछि घरको संरचना जोखिमपूर्ण बनेको छ । घटनापछि स्थानीयवासीमा समेत त्रास फैलिएको छ ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले भासिएको क्षेत्रलाई तत्काल त्रिपालले छोपिदिएको छ ।