५ भाद्र २०८३, शुक्रबार
,
Latest
पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर



अ+ अ-

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा प्रदर्शन भएको छ ।

अधिकारकर्मी र आफन्तहरुले ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा प्रदर्शन गरिएको छ ।

गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जीतपुरसिमरा–२ घर भएका १६ वर्षीय सुमन थापा र प्रोगेस चौधरीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८:३० बजे घरबाट हराएकी थिइन्।

भदौ २ गते मंगलबार साँझ करिब ५:४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको थियो । अनुसन्धानबाट मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको थियो।

फोटो -करेन क्यासल