काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि ‘टाटा कार्निभल’को चौथो संस्करण आयोजना गर्ने भएको छ।
भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्ना पुराना गाडी नयाँ पन्च ईभी र नयाँ टियागो ईभीसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ गाडी खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जिङ जडान लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो। नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
पन्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा छन्।
दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा पनि नयाँ डिजाइन, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायतका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।











