३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार



फाइल फोटो
अ+ अ-

चितवन। डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।

कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो ।

समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त ती जनावारको उद्धार गरी व्यवस्थापन गरिएको हो । यससँगै गत आर्थिक वर्षमा ४२ मृत वन्यजन्तुको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ३० चित्तल, नौवटा रतुवा, दुईवटा बदेल, एउटा स्याल मृत भेटिएर तीनको व्यवस्थापन गरिएको हो ।

यससँगै कार्यालयले गत आर्थिक वर्षमा २६७ साइकलको लिलामी गरेको छ । अवैध रूपमा काठ तस्करीमा प्रयोग गरिएका ती साइकलको लिलामीबाट रु दुई लाख ५२ हजार राजस्व सङ्कलन गरिएको थियो । यस आर्थिक वर्षमा ८१ थान मोटरसाइकल लिलामी गर्ने तयारी गरेको छ । कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका र बेवारिसे अवस्थामा भेटिएका गरी ती मोटरसाइकल लिलामी गर्न लागिएको हो ।

कार्यालय प्रमुख आचार्यका अनुसार विगत लामो समयदेखि कार्यालय परिसरमा रहेका ती मोटरसाइकल लिलामी गर्न लागिएको हो । मोटरसाइकलसँगै २५ बस, ट्रक, भ्यान, अटो, ट्याक्टर र ५९ साइकलको लिलामी प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो । रासस