२ भाद्र २०८३, मंगलवार
,
Latest
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक मकवानपुर स्कारपियो दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २३ मा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने रास्वपा सांसद खतिवडाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते ‘जेन–जी’ आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि युवाले गरेको बलिदानको स्मरण गर्दै उक्त दिन प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्नुपर्ने बताउनुभयो।

उहाँले जेन–जी आन्दोलनका कति माग पूरा भए, कति बाँकी छन्, आन्दोलनका घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीमाथि कारबाहीको प्रक्रिया कहाँ पुगेको छ भन्नेबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गर्नुभयो।

“देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र सहिद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन्,” उहाँले भन्नुभयो।

वर्तमान सरकार भदौ २३ को बलिदानकै जगमा बनेको उल्लेख गर्दै सांसद खतिवडाले उक्त दिन प्रधानमन्त्रीले देशव्यापी रूपमा सहिदहरूको नाममा सम्बोधन गरी जनतालाई स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिनुभयो।