३० श्रावण २०८३, शनिबार
,
Latest
इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनैपनि सुधार नगर्नु नभएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधान एक जीवित राजनैतिक दस्तावेज भएकाले अनुभवका आधारमा यसलाई परिमार्जन गर्न सकिने बताउनुभएको हो ।

नेता साउदले संविधानको कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक कठिनाइ, संस्थागत कमजोरी र राजनैतिक अनुभवका आधारमा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

तर यस्तो सुधार वा संशोधन सत्ता समीकरण परिवर्तन गर्ने हतियार वा कुनै दलको तत्कालीन राजनैतिक स्वार्थ पूरा गर्ने माध्यम बन्न नहुने उहाँको तर्क छ ।

उहाँले नेपाली काँग्रेसले संविधानको रक्षा गर्दै आवश्यक सुधारको नीति लिनुपर्ने बताउनु भयो । संविधानको मूल लोकतान्त्रिक चरित्र, संघीयता, गणतन्त्र, समावेशिता र मौलिक अधिकारलाई कमजोर नपारी समयअनुकूल परिमार्जन गर्ने बाटो अपनाउनुपर्ने उनको भनाइ छ । लोकतान्त्रिक प्रणालीको प्रभावकारिताका बारेमा चर्चा गर्दै नेता साउदले केवल संविधान र संस्थाको रक्षा गरेर मात्र लोकतन्त्र सफल नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानको रक्षा गर्नु भनेको संविधानमा कुनै सुधार गर्न नहुने भन्ने होइन । संविधान जीवित राजनीतिक दस्तावेज भएकाले यसको कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक कठिनाइ, संस्थागत कमजोरी र राजनीतिक अनुभवका आधारमा आवश्यक सुधार गर्न सकिन्छ । तर संविधान संशोधन सत्ता समीकरण परिवर्तन गर्ने हतियार वा कुनै दलको तत्कालीन राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बन्नु हुँदैन । संविधान संशोधनका विषयमा व्यापक राजनीतिक संवाद, नागरिक समाज र विज्ञहरूको सहभागिता तथा प्रदेश र स्थानीय तहका दृष्टिकोणलाई समेट्दै समावेशिता, संघीयताको प्रभावकारिता र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राख्नुपर्छ । कांग्रेसले संविधानको मूल लोकतान्त्रिक चरित्र, संघीयता, गणतन्त्र, समावेशिता र मौलिक अधिकारलाई कमजोर नगरी समयानुकूल सुधारको नीति लिनुपर्छ । लोकतन्त्रको रक्षा संविधान र संस्थाको संरक्षणमा मात्र सिमित हुँदैन; लोकतन्त्रले नागरिकलाई परिणाम पनि दिन सक्नुपर्छ । रोजगारी, सुरक्षा, न्याय, सेवा, अवसर र सम्मानको अनुभूति दिलाउन नसके लोकतान्त्रिक संस्थाप्रतिको नागरिक विश्वास कमजोर हुनसक्छ । त्यसैले काँग्रेसले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र नागरिक स्वतन्त्रतालाई एकीकृत राजनीतिक अवधारणाका रूपमा अघि बढाउनुपर्छ ।’

उहाँले अबको दिनमा काँग्रेसले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र नागरिक स्वतन्त्रतालाई एकीकृत राजनैतिक अवधारणाका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भयो ।– न्युज एजेन्सी नेपाल