काठमाडौँ: नेपाली संगीत जगतकी स्वर किन्नरी अन्जु पन्त र मधुर स्वरका धनि गायक सुमन कुमार श्रेष्ठको आवाजमा रहेको “ सागरै तरेर “ बोलको गीतको म्युजिक भिडियो शुक्रवारसार्वजनिक भएको छ ।
गीतकार डा. राजुबाबु श्रेष्ठको शब्द र संगीतकार हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको यो गीत निकै कर्णप्रीय बनेको छ ।
गीतकार डा। राजुबाबु श्रेष्ठले सागरै तरेर साचो प्रेम गर्ने सबै प्रेमीहरुको गीत भएका कारण श्रोताहरुको मनमा बस्न सफल हुने बताउनु भयो । हरि लम्सालको संगीतमा अन्जु र सुमन कुमारको स्वरले गीतलाई चार चाँद लगाएको उहाँले बताउनु भयो ।
शुरुमा अन्जुको आवाजसंग मिल्ला नमिल्ला भन्ने शंका लागे पनि रेकर्ड भैसकेपछि सुमनको स्वरले आफुलाई निकै खुशी तुल्याएको उहाँले जानकारी दिनुभयो ।
निकेस खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोमा यश गारच र पुनम श्रेष्ठ प्रमुख पात्रको भुमिकामा देखिएका छन् । एकोस्टिक स्टुडियो नक्सालमा रेकर्ड भएको गीतको चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ गरेका छन् । भिडियोको दृष्य दिनेस पराजुलीले खिचेका छन भने बिकास धमलाले सम्पादन गरेका छन् ।











