२९ श्रावण २०८३, शुक्रबार
,
Latest
कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा इतर पक्षको राष्ट्रिय भेलामा सहभागी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन्। थप उपचारपछि बिहीबार मात्रै काठमाडौं फर्किएका देउवा शुक्रबार काठमाडौंमा आयोजित भेलामा सहभागी भएका हुन्।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि गत १३ फागुनको राति सिंगापुर गएका थिए। सिंगापुरमा उपचारपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए।

हङकङबाट बिहीबार काठमाडौं फर्किएका देउवा त्यसको भोलिपल्टै कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलामा पुगेका हुन्।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा. कोइराला समूहका नेता–कार्यकर्ताको सहभागिता रहेको छ।

काठमाडौंस्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, विशेष महाधिवेशन र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।