२४ श्रावण २०८३, आईतवार
,
Latest
धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने बताउनुभएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताउनुभएको हो।

उहाँले पार्टी विधान र प्रचलित कानूनअनुसार तय भएको महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो। पार्टीको बृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउने क्रममा कार्यतालिकामा आवश्यक सहजता अपनाउँदा केही समय लागेको उहाँको भनाइ छ।

सभापति थापाले वडा अधिवेशनको प्रारम्भिक प्रक्रियामा एक–दुई दिनको सामान्य हेरफेर हुन सक्ने भए पनि महाधिवेशनको मूल मितिमा कुनै परिवर्तन नहुने बताउनुभयो।

उहाँले भन्नुभयो, “पार्टीको महाधिवेशनका लागि जुन मिति तय गरिएको छ, त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन। हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ। नेपालको कानूनको व्यवस्था पनि त्यही छ। त्यसकारण असोज १६ देखि १९ गतेसम्म जुन कार्यतालिका तोकिएको छ, त्यही हुन्छ। त्यो हाम्रो अन्तिम विषय हो।”

विशेष महाधिवेशन र पार्टीको वैधानिकतासम्बन्धी विषयमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई आफूहरूले सामान्य रूपमा लिएको पनि सभापति थापाले बताउनुभयो। उहाँले न्यायालयमाथि विश्वास कायम राख्दै आवश्यक परे पुनः न्यायालयको सामना गर्ने स्पष्ट पार्नुभयो।

विशेष महाधिवेशन विधानसम्मत भएको र त्यसलाई निर्वाचन आयोग तथा सर्वोच्च अदालतले यसअघि नै वैधानिकता दिइसकेको दाबी गर्दै उहाँले यस विषयमा डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो।

सभापति थापाले कुनै व्यक्तिको अभिव्यक्तिका आधारमा संस्थामाथि अविश्वास सिर्जना गर्न नहुने धारणा राख्नुभयो। न्यायालयप्रति विश्वास राखेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले राजनीतिक विषयहरू समयक्रमसँगै स्पष्ट हुँदै जाने बताउनुभयो।

बैठकमा १५औँ राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले सम्पन्न गर्ने विषयमा समेत छलफल गर्नुपर्ने सभापति थापाले बताउनुभएको छ।