• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

सुदूरपश्चिममा ३७ पुल लथालिंग



धनगढी । सुदूरपश्चिमका ९ जिल्लामा तीन अर्ब रुपैयाँ लागतका पुल अलपत्र छन् । ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ। सम्झौताअनुसार समयमा काम नसक्ने अनि म्याद थप्ने प्रवृत्ति बढिरहँदा विकट क्षेत्रका बस्ती विकास निर्माणमा पछि धकेलिएको छ। अधिकांश पुल निर्माणमा ठेकेदारसँग दुई पटकभन्दा बढी म्याद थपिएको छ।

मोहना नदीमा निर्माणाधीन राजघाट पुलका लागि ठेकेदारसँग दुई पटक थपिएको म्याद असारमा सकिएको छ। साढे ८ करोड लागतमा बनिरहेको पुलको ५५ प्रतिशत मात्रै काम भएको छ। एलाइड एडभेन्चर निर्माण कम्पनीले तेस्रोपटक म्याद थपका लागि निवेदन दिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्रराज पन्तले बताए।

धनगढी उपमहानगरपालिका–२ साइली कटान नालामा निर्माण भइरहेको पुलको पनि म्याद सकिएको छ। एमके कन्स्ट्रक्सन निर्माण कम्पनीले आव ०७३/०७४ मा चार करोडमा सम्झौता गरेको पुलको दुई वर्षमा ६० प्रतिशत निर्माण भएको छ। हुलाकी सडकअन्तर्गत कान्द्रा नदीमा निर्माण भइरहेको पुल पनि अधुरो छ ।

यो पुल लामा शेर्पा बिरुवा जेबीले २०६८ मा निर्माण सुरु गरेको हो। चार करोड ४२ लाख लागतको पुल निर्माणका लागि दुईपटक म्याद थप्दा पनि प्रगति ३५ प्रतिशतमात्र भएको इन्जिनियर पदम मडैले बताए।

अन्नपुर्ण पोष्टबाट