२० श्रावण २०८३, बुधबार
,
Latest
फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो



अ+ अ-

काठमाडाैँ । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइएको छ।

प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले शव आधार शिविरमा ल्याइएको पुष्टि गर्दै निर्मल पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरिएको जानकारी दिएका छन्। शव संकलन कार्य मिङ्मा जीको नेतृत्वमा सम्पन्न भएको उनले बताएका छन्।

सांसद शेर्पाले प्रतिकूल मौसम र जोखिमपूर्ण परिस्थितिका बीच उद्धार तथा शव संकलनमा खटिएको टोलीप्रति आभार व्यक्त गरेका छन्। उनका अनुसार दुर्घटनामा ज्यान गुमाएका अन्य तीन आरोहीको शव भने अझै फेला पर्न सकेको छैन।

गत शुक्रबार ब्रोड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परी ६ नेपाली र ४ विदेशी गरी १० जना आरोहीको मृत्यु भएको थियो। दुर्घटनापछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।