१७ श्रावण २०८३, आईतवार
,
Latest
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ब्रड पिक हिमपहिरोमा निधन भएका ६ नेपालीप्रति एमालेद्वारा श्रद्धाञ्जली  नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला नियामकीय निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशतभन्दा बढी कालोपत्र यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ओलीद्वारा अमात्य र पन्तको किसान आन्दोलनको विरासत अघि बढाउन आग्रह पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठाटारमा भीषण आगलागी, १४ पसल जले



अ+ अ-

काठमाडाैँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिकै काठको गोदामसहित विभिन्न व्यवसाय सञ्चालन भएका सटरमा भीषण आगलागी हुँदा १४ वटा पसलमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार काठको गोदामबाट विद्युत् सर्ट भई शनिबार राति करिब ९ः१५ बजे आगलागी सुरु भएको थियो । करिब दुई घण्टाको प्रयासपछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भएका थिए ।

आगो नियन्त्रणमा लिन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कर प्रयोग गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

आगलागी नियन्त्रणका क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका ३७ वर्षीय नरेश थापा घाइते भएका छन् । टहराको जस्तापाताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूलपानीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुन्धारास्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । उनको अवस्था मध्यम रहेको र बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाई, चिया, फर्निचर, चटपटे तथा किराना, कस्मेटिक र स्टेशनरी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण भने मुचुल्का संकलन तथा थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।




भर्खरै