१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको सेमिनार



अ+ अ-

काठमाडौं। नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा बृहत् राष्ट्रिय सेमिनार भएको छ।

टोखा नगरपालिका ५ स्थित लिरबल भाटिका फुटसलमा भएको सेमिनारमा विभिन्न शाखाबाट प्रशिक्षक, पदाधिकारी गरि झन्डै २ सय ५० जनाको सहभागिता थियो।

खुकुरी मार्सल आर्ट्सका नियम, अनुशासन, प्रशिक्षण प्रणाली तथा प्राविधिक पक्षमा एकरूपता कायम गर्नुका साथै आगामी भदौ महिनामा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपको तयारीका लागि शाखा, प्रशिक्षक र खेलाडीहरूलाई आवश्यक प्रशिक्षण, जानकारी, सचेतना दिन सेमिनार आयोजना गरिएको बताइएको छ।