२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० करोड खर्चेर प्रधानमन्त्रीका लागी दुई भवन बन्ने



अ+ अ-

काठमाडौं । बालुवाटार ४० करोडको लागतमा दुई ओटा नयाँ भवन बन्ने भएका छन् । बिहीबार बिहान प्रधानमन्त्री केपि शर्मा ओलीले धार्मिक विधिपूर्वक पूजा गरी भवन शिलान्यास गरेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र नयाँ बेग्लाबेग्लै दुइटा भवन निर्माण गर्न लागिएको हो। दुई भवनमध्ये एक प्रधानमन्त्री निवासका लागि प्रयोग हुनेछ भने अर्कोमा बैठक कक्षसहितको भवन बन्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

‘आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गर्दै छौं,’ शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्, ‘नयाँ भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको छ।’

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारभित्र बन्न लागेको संघीय संसद भवनको पनि शिलान्यास गरेका थिए।