११ श्रावण २०८३, सोमबार
,
Latest
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन



अ+ अ-

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरिएको हो ।

सरकारले समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।

यसैबीच, सुनसरी घटनालाई लिएर आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच उत्पन्न विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

सोही छलफलपछि घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको हो ।