६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो



अ+ अ-

काठमाडौं ।  धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै सरकारले रासायनिक मलको आपूर्ति थप सुदृढ बनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल रक्सौल आइपुगेको छ भने कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक बुधबार रक्सौल आइपुग्ने क्रममा रहेको छ।

कम्पनीका अनुसार विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल भित्रिसकेको छ। थप डीएपी मल ट्रकमार्फत विराटनगर ल्याइँदै रहेको र गन्तव्यमा पुगेपछि वितरण प्रक्रिया अघि बढाइने जनाइएको छ।

यस्तै, भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू मंगलबार नै भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्। ती मलहरू सम्बन्धित क्षेत्रका डिपोमा पुगेपछि किसानलाई तत्काल वितरण गरिने कम्पनीले जनाएको छ।

धान रोपाइँको व्यस्त समयमा मलको अभाव हुन नदिन आयात र ढुवानी प्रक्रियालाई तीव्र बनाइएको कम्पनीले जनाएको छ। सरकारले देशभर आवश्यकताअनुसार रासायनिक मल उपलब्ध गराउने तयारीका साथ आपूर्ति व्यवस्थापनलाई निरन्तर सुदृढ बनाइरहेको जनाएको छ।