• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नेपाल सरकार आशमा, तर चीन कुनै पनि विचारधारा निर्यात गर्ने मूडमा छैन्



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यानकीले चीन कुनै पनि विचारधारा निर्यात गर्ने मूडमा अहिले नरहेको खुलाएकी छिन् । उनले सामाजिक संजाल ट्विटरमार्फत एक स्टाटस लेख्दै हिजो (बिहिवार) यो कुरालाई सार्वजनिक गरेकी हुन् । उनले थप्दै भने, चिनियाँ राष्ट्रपति सि जिनपिङको विचारधारा अन्तर्राष्ट्रियकरण भैसकेको छ ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ। नागपोखरीस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले असोज ७ गते (गएको मंगलबार) मात्र हस्ताक्षर गरेका हुन्।

हस्ताक्षरपछि नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्धको सुरुवात भएको मानिएको छ। तर नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले भने चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने पनि बताई सकेका छन् ।