२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डनमा इरानी आक्रमणबाट दुई अमेरिकी सैनिकको मृत्यु



अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जोर्डनमा भएको इरानी आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत शनिवार जारी गरेको विज्ञप्तिअनुसार इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रतिकार गर्ने क्रममा ती सैनिकहरू मारिएका हुन् ।

उक्त घटनामा एक अमेरिकी सैनिक अझै पनि बेपत्ता रहेको जानकारी दिइएको छ । आक्रमणमा परी घाइते भएका अन्य चार सैनिकलाई उपचारका लागि जोर्डनका स्थानीय अस्पतालहरूमा भर्ना गरिएको थियो ।

उनीहरू उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । यस्तै, सामान्य चोट लागेका अन्य सैनिकहरू भने प्राथमिक उपचारपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किएको सेन्टकमले जनाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल